युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण



पोखरा

तानसेन नगरपालिकाले युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण प्रदान गर्न थालेको छ ।

नगरपालिकाले वडा नं. ८ का श्रवणकुमार लम्साललाई पाँच लाखको सहुलियत कर्जा प्रदान गर्न ‘अफर लेटर’ प्रदान गरेको हो । लम्सालले नेपाल बैंकबाट रु पाँच नगद पाउनेछन् । नगरपालिकाप्रमुख अशोककुमार शाही र नेपाल बैंक पाल्पाका प्रबन्धक सुरज घिमिरेले संयुक्त हस्ताक्षर गरिएको ‘अफर लेटर’ पाएपछि किसानले सहुलियत ब्याजदरमा कर्जा पाउन थालेका हुन् ।

नगरपालिकाप्रमुख शाहीले युवा स्वरोजगार कार्यक्रममा पहिलोपटक कर्जा पाउने ऋणीलाई ऋणको सही सदुपयोग हुने गरी काम गर्न अनुरोध गर्नुभयो । नेपाल बैंक पाल्पाका प्रबन्धक घिमिरेले नगरपालिकाको युवा स्वरोजगार कार्यक्रममा ऋणका लागि कुनै सेवा शुल्क नलाग्ने बताउनुभयो ।

नियमित सावाँब्याज भुक्तानी गर्नेलाई ३–३ महीनामा ब्याजको तीन प्रतिशत फिर्ता गर्ने व्यवस्था रहेको घिमिरेको भनाइ छ । पाल्पा व्यापार सङ्घका अध्यक्ष चिरञ्जीवी पोखरेलले ऋणीहरूलाई उदाहरणीय काम गरेर देखाउन आग्रह गर्नुभयो ।

ग्रामीण आर्थिक विकास सङ्घ रेडाका कार्यकारी निर्देशक लीला कार्कीले नगरपालिका र नेपाल बैंकको सहकार्यमा सञ्चालित युवा स्वरोजगार कार्यक्रमले युवालाई स्वरोजगार बनाउन सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja