इरानले आणविक प्रतिवद्धताबाट विस्तारैे पछि हट्नुपर्छ : खामेनी



पोखरा

इरानले सन् २०१५ मा अमेरिकासहित विश्व शक्ति राष्ट्रहरूसँग भएको सम्झौतामा गरिएका प्रतिवद्धतालाई क्रमशः छोड्दै जाने इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले मङ्गलबार बताउनुभएको छ ।

खामेनीले यूरोपेली मुलुकहरूका नेतालाई सङ्केत गर्दै भन्नुभयो, “तपाईहरूले आफूले गरेका एउटै पनि वाचा पूरा गर्न नसक्ने अनि किन हामीबाट सम्झौताका प्रतिवद्धता पालना होउन् भनी चाहना राख्नुहुन्छ ?”

सन् २०१५ को सम्झौतामा यूरोपेली यूनियनले पनि हस्ताक्षर गरेको थियो । उक्त सम्झौतामा अमेरिका, बेलायत,चीन, रूस, फ्रान्स, जर्मनी र इयूले हस्ताक्षर गरेका थिए । हस्ताक्षरमा इरानले आणविक हतियार भण्डारणलाई घटाउने र यसको वदलामा उसमाथि लागेका आर्थिक प्रतिबन्धलाई हटाउने सहमति भएको थियो । तर गत बर्ष वर्तमान् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताले अमेरिकालाई लाभ नगरेको भन्दै इरानसँग पुनः सम्झौता गर्नुपर्ने अडान राख्दै अमेरिका इरानसँगको सम्झौताबाट पछि हट्ने घोषणा भएको थियो ।

उक्त घोषणाले इरानलाई थप प्रतिबन्ध लगाई नयाँ सम्झौता गर्न दवाब दिने अमेरिकी ट्रम्प प्रशासनको अडान रहेको छ । इरानले पनि विस्तारै अमेरिकी घोषणाप्रति प्रतिक्रिया दिँदै सम्झौतामा गरिएका प्रतिवद्धता एकतर्फी रूपमा लागु गर्न इरान बाध्य नहुने बताएको हो । तर इयू तथा सम्झौतामा हस्ताक्षर गरेका अन्य मुलुकहरूले इरानलाई सम्झौताबाट फिर्ता नहुन गरिरहेको आग्रहप्रति खामेनीको पछिल्लो प्रतिक्रिया आएको हो ।

खामेनीले तेहरानस्थित एक टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण भएको सम्वोधनमा भन्नुभयो, “हामीले हाम्रा प्रतिवद्धतालाई घटाउन थालिसकेका छौँ र यो प्रक्रियाले पक्कै पनि निरन्तरता पाउने छ ।”

पछिल्लो केही समय यता अमेरिका इरानबीच कूटनीतिकरूपमा व्यापक तनावको स्थिति देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja