गिरफ्तार गरिएकाको रिहाइ गर्न ने.वि.संघ कास्कीको माग



पोखरा

नेपाल विद्यार्थी संघ कास्कीले ने.वि. संघका नेताहरु पशुपति भट्टराई, राजिव भण्डारी, विकास रानाभाट, फिरोज सुवेदी, टेनिस श्रेष्ठ, निश्चल पाण्डे र नन्दलाल सापकोटालाई गिरफ्तार गरिएको घटनाप्रति घोर भत्सर्ना गर्दै रिहाइको माग गरेको छ ।

नेपाल विद्यार्थी संघ कास्कीले प्रेस विज्ञप्ति जारी गर्दै आज उहाँहरुको रिहाइको माग गरेको हो । पोखरा फिर्केस्थित पोखरा इन्जिनियरिङ कलेजमा सोमबार स्वतन्त्र विद्यार्थी परिषदले एकलौटि कार्य र अनावश्यक राजनीतिकरण गरेको र ने.वि. संघले त्यस कार्यको राजनीतिक ढंगले विरोध गरी तालाबन्दी गर्दा उक्त ताला तोडेर स्वतन्त्र विद्यार्थी परिषदद्वारा परिस्थिति असहज बनाइएको ने.वि. संघ कास्कीका अध्यक्ष विक्रमादित्य सिंह गिरीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । त्यसपछि सिर्जना भएको असहज परिस्थितिलाई लिएर ने.वि.संघको आन्दोलनमाथी नै धावा बोल्दै ने.वि.संघका नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

ने.वि.संघ कास्कीले गिरफ्तार भएका नेताहरुको यथाशिघ्र रिहाइको माग गर्दै यदि रिहाइको वेवास्ता गरिएमा कडाभन्दा कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja