इन्डोनेसियामा भूकम्प



पोखरा

इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६.० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ ।

इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजेर १८ मिनेटमा भूकम्प गएको थियो । तर सुनामीको चेतावनी दिइएको छैन । इन्डोनेसियाली भूगर्भ केन्द्रका वाहु कुर्नियावानले भूकम्पले सुनामी निम्त्याउने सम्भावना नदेखिएकाले सुनामीको चेतावनी नदिइएको सिन्ह्वा समाचार समितिलाई बताउनुभयो ।

भूकम्पले नुसा डुआमा सामान्य क्षति पु¥याएको छ । बालीस्थित विपद् व्यवस्थापन निकायका सूचना प्रमुख न्योमान सन्जयले भूकम्प आउनासाथ पर्यटकहरुमा भागदौड मच्चिएको बताउनुभयो ।

इन्डोनेसियामा बारम्बार भूकम्प आउने र बर्सेनि जनधनको ठूलो क्षति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja