मनसुनी गतिविधि कमजोर बन्दै



पोखरा

शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपालको तराई भू–भागमा अवस्थित रहेका कारणले मनसुनि गतिविधि सामान्य देखिए पनि विस्तारै कमजोर हुँदै जाने महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।

आज देशका पूर्व र पश्चिमी तराईका धेरैजसो स्थानमा मनसुनी वर्षा हुने छ । भोलिबाट यो प्रणाली दक्षिर्ण तर्फ सर्ने र क्रमश कमजोर हँुदै जाने मौसमविद् श्रेष्ठले भन्नुभयो । जसले गर्दा नेपालमा भन्दा भारतमा मनसुनी गतिविधि सक्रिय हुने बताइएको छ । आज देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भई पूर्व र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशैभरि सामान्य बदली रही देशको केही स्थानमा हुने वर्षाको सम्भावना रहेको छ । खासगरी देशको मध्य क्षेत्रका केही स्थान तथा पूर्व र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै मङ्गलबार देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ३७.०, दिपायलमा १९.०, विराटनगरमा १२.०, नेपालगञ्जमा ६४.०, जुम्लामा २.०, दाङमा, २०.० र सिमरामा ७०.० मिलिमिटर वर्षा मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja