संसदीय पत्रकारिता तालीम शुरु



पोखरा

संसदीय पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालीम रुपन्देहीमा आजदेखि शुरु भएको छ ।

मिडिया एक्शन नेपालको आयोजना र ‘अष्ट्रेलियन एड’को सहयोगमा आयोजना गरिएको तालीममा रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पा जिल्लाका ३० पत्रकारको सहभागिता रहेको छ ।

२ दिनसम्म चल्ने तालीममा संसदीय पत्रकारिताको सिद्धान्त र अभ्यासबारे प्रशिक्षण दिँदै प्रा रामकृष्ण रेग्मीले संसद्मा छलफल हुने सबै विषयवस्तु मिडियाको मुख्य सरोकारको विषय हुने गरेकाले संसदीय विषयमा पत्रकार जानकार हुनुपर्ने बताउनुभयो ।

“तीन तहका सरकारका गतिविधि, प्रक्रिया र कारवाहीबारे सूचना सङ्कलन गरी प्रसारण गर्ने भएकाले पत्रकारले आफूलाई तयारी अवस्थामा राख्नुपर्छ”, उहाँले भन्नुभयो ।

तालीममा मिडिया र संसद्बीचको अन्तरसम्बन्ध, संसदीय पत्रकारिताका विषय, सुशासनलगायतका विषयमा छलफल हुने मिडिया एक्शन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja