सिस्नेरी सडक अवरुद्ध



पोखरा

हिजो रातिदेखि परेको अविरल वर्षाको कारण हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली हँुदै काठमाडौँ जाने सडक अवरुद्ध भएको छ ।

इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ र ३ को विभिन्न ठाउँमा पहिरो गएको छ भने वडा नं ३ को ज्यामिरेमा २०० मिटरसम्म सडक पहिरोले पुरिएको र सो सडकको पहिरो पन्छाउन केही दिन लाग्ने सिस्नेरी प्रहरी चौकीले जानकारी दिएको छ ।

यसैगरी फाखेल फर्पिङ भएर काठमाडौँ जाने सडकखण्डमा इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोलामा आएको पहिरोले सडक अवरुद्ध भएको छ । सो सडक खुलाउने प्रयास भइरहेकोे फाखेल प्रहरी चौकीले जानकारी दिएको छ ।

त्रिभुवन राजपथको हेटौँडा काठमाडौँ सडक यातायात भने सञ्चालनमा रहेकोे जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja