उपकुलपति घूस लिएको आरोपमा नियन्त्रणमा



पोखरा

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा डा राजकुमार रौनियार र प्रतिष्ठानका डा रामहरि रौनियार रु आठ लाख घूस लिएको आरोपमा पक्राउ परेका छन् ।

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनवापत सेवाग्राहीसँग घूस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निजहरुलाई घूस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रतिष्ठानको परिसरस्थित उपकुलपति निवासबाट रङ्गेहात नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja