दक्षिण अमेरिकामा भ्रष्टाचार मुख्य समस्या : मूडीज



पोखरा

दक्षिण अमेरिकाको खुलेआम तथा अनियन्त्रित भ्रष्टाचार नै यस क्षेत्रको आर्थिक प्रतिस्पर्धात्मक क्षमताका लागि मुख्य बाधक रहेको विश्व प्रसिद्ध क्रेडिट रेटिङ एजेन्सी मूडीजले जनाएको छ ।

दक्षिण अमेरिकाको अर्थतन्त्रमा भ्रष्टाचार बाहेक अरू पक्ष पनि उत्तिकै जल्दाबल्दा रहेको जनाउँदै बुधबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा मूडीजले विश्वव्यापी रुपमा कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव, पूँजी आप्रवाहमा न्यूनता, प्रविधिमा हुने खललता र घट्दो असमानता पनि जिम्मेवार रहेको बताएको छ । तर कच्चा सामग्रीको मूल्यमा आएको गिरावट र अस्थिर पूँजी लगानीका बाबजुद समग्र दक्षिण अमेरिकी क्षेत्रको क्रेडिट परिदृश्य तुलनात्मक रुपमा स्थिर रहेको मूडीजले जनाएको छ ।

प्रतिवेदनमा कच्चा सामग्रीको मूल्य अस्थिरताले खानी उद्योग, तेल र ग्यास क्षेत्रमा लगानीको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने गरेको उल्लेख छ । नवीन प्रविधिको प्रयोगले दक्षिण अमेरिकी मुलुकहरु खासगरी अर्जेन्टिना, ब्राजिल, चिली र मेक्सिकोका उद्योगहरुमा व्यापक रुपान्तरण भइरहेको मूडीजको प्रतिवेदनमा जनाइएको छ । तर, पर्याप्त निगरानीको अभावमा प्रविधिको प्रयोगले दक्ष र अदक्ष कामदारबीचको विभेद् बढाउने एवं आर्थिक वृद्धिलाई अवरुद्ध तुल्याउन सक्छ ।

गत अप्रिलमा अन्तर्राष्ट्रिय मुद्राकोषले आगामी दुई वर्षसम्म दक्षिण अमेरिकाको आर्थिक वृद्धिदर कम हुने प्रक्षेपण गरिसकेको छ । प्रतिवेदनमा यस वर्ष दक्षिण अमेरिकाको आर्थिक वृद्धि करिब १.४ प्रतिशत र अर्को वर्ष २.४ प्रतिशत मात्र हुने आँकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja