अत्यधिक कामका कारण अधिकांश जापानीमा अपाङ्गता र रोगको समस्या



पोखरा

जापानमा अपाङ्गता भएका व्यक्तिलाई रोजगारिका क्रममा विभिन्न समस्या सृजना हुने गरेको पाइएको छ ।

जापानको श्रम तथा समाजकल्याण कार्यालयले मङ्गलबार सार्वजनिक गरेको श्वेतपत्रमा रोजगारीका लागि कार्यस्थल अपाङ्तामैत्री नहुनु अत्यधिक श्रम गर्ने जापानीहरूको व्यवहारका कारण उनीहरू प्रभावित हुने गरेका हुन् र सन् २०१८ मा कार्यरत अपाङ्गता तथा विभिन्न रोगले ग्रस्त व्यक्तिमध्ये ६६.३ प्रतिशतले कामका शिलशिलामा आफूहरूलाई समस्या पर्ने गरेको बताएका प्रतिवेदनमा उल्लेख छ ।

उनीहरूले काम र उपचारको सञ्तुलन मिलाउन निकै कठिन पर्ने गरेको सर्वेक्षणकर्ताहरुले जनाएका छन् । तर सर्वेक्षणमा सहभागी मध्ये ८४.५ प्रतिशतले कामलाई निरन्तरता दिने वा अझै पनि काम गरिरहन चाहेको जवाफ दिएका थिए । अहिले काम नगरिरहेकाहरु मध्ये ६४.२ प्रतिशतले पनि आफुहरु काम गर्न चाहिरहेको बताएका थिए ।

श्रम मन्त्रालयले गत फेब्रुअरीमा गरेको सर्वेक्षणमा एक हजार जना सहभागी भएका थिए । ती मध्ये ६६४ जना काम गरिरहेका थिए, २६८ जनाले काम छाडिसकेका थिए भने ६८ जना काम छाड्ने तयारीमा थिए । सर्वेक्षणमा सहभागीहरु २० देखि ६४ बर्ष उमेर समूहका नागरिक थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja