सरकारका काम देखेर विरोधीहरु सक्रिय: श्रममन्त्री विष्ट



पोखरा

श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले निर्वाचनको समयमा जनतासमक्ष गरेका प्रतिबद्धता आगामी तीन वर्षभित्रमा अक्षरश पालना पूरा गर्ने बताउनुभएको छ ।

चाँगुनारायण नगरपालिकाको पाँचाँै नगरसभाले पारित नीति, कार्यक्रम तथा बजेट पुस्तिका सार्वजनिक गर्दै उहाँले अञ्जानमा भएका त्रुटिलाई जनताको सुझावका रुपमा ग्रहण गर्दै सच्याएर समृद्धिको गन्तव्यमा पुगेरै छाड्ने बताउनुभयो ।

प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको सिङ्गो जिल्ला विकासमा लम्किएको बताउँदै आगामी तीन वर्षमा भक्तपुर देशकै नमूना जिल्ला बन्ने बताउनुभयो । प्रदेश नं ३ का प्रदेश सदस्य शशीजङ्ग थापा, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रशासकीय अधिकृत चिरिञ्जीवी तिमिल्सिनाले स्थानीय सरकारले विकासको मूल फुटाएको बताउनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले एक अर्ब ४१ करोड ८० लाखको बजेट सार्वजनिक गरेको बताउँदै पछाडि परेको चाँगुनारायणमा विकासको बहार आएको बताउनुभयो ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja