इरानमा ५.७ म्याग्नीच्यूडको भूकम्प



पोखरा

इरानको दक्षिणपूर्वी क्षेत्रमा सोमबार विनाशकारी भूकम्प गएको छ ।

भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको अधिकारीहरुले जनाएका छन् । इरानी भूकम्प मापन केन्द्रले ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । खुजेस्तान प्रान्तको मस्जिद सोलेमान क्षेत्रमा भूकम्प गएको हो ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण अरु २४ जना घाइते भएका छन् । स्थानीय समय अनुसार विहान ११.३० बजे भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । संकट व्यवस्थापन केन्द्रले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ । भूकम्पले ग्रामीण क्षेत्रका धेरै घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । कतिपय क्षेत्रमा पानी र विजुली वितरण सेवा अवरुद्ध भएको छ ।

छिमेकी मुलुक कुबेतमा समेत भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पपछि दर्जनभन्दा बढी परकम्पन आएको अधिकारीहरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja