युएईले यमन युद्धमा सैनिक कटौती गर्ने घोषणा



पोखरा

युनाइटेड अरब इमिरेट्स (युएई)ले युद्धग्रस्त मुलुक यमनमा संलग्न सेनाको संख्यामा कटौती गर्ने सोमबार घोषणा गरेको छ ।

युएईले सैनिक हस्तक्षेपको सट्टा शान्ति योजनालाई अघि सार्न चाहेको जनाएको छ । युएईका एक जना वरिष्ट अधिकारीले संवाददाताहरुसँग भन्नुभयो, हामी यमनको होडेडा समेतका रणनीतिक स्थान छाडेर सैन्य संख्या कम गर्दैछौं । हाम्रो चाहना शान्ति हो, युद्ध होइन । यमनका हुथी विद्रोही विरुद्ध साउदी अरेबियाको गठबन्धनमा रहेर युएईले पनि यमनमा हवाई आक्रमण गरिरहेको छ ।

यसबाट यमनमा ठूलो मानवीय संकट उत्पन्न भएको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरु, राष्ट्रसंघ र संचार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja