डाइपरमा सुन लुकाएर ल्याउने पक्राउ



पोखरा

बालबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनामा सुन लिन आउने थप दुई जनासमेत पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आउँदै गरेका मोरङ्गका लिलाबहादुर बस्नेतलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

सामान लिन आउने रूपेश गिरी र टेकबहादुर थापालाई समेत पक्राउ गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार उनले कसैले पार्सल भनेर पठाएको पोको आफूले ल्याइदिएको बयान दिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको छ । प्रहरीले उनीसँग ४०० ग्राम सुनसमेत बरामद गरेको छ । बस्नेत तीन वर्ष कतारमा वैदेशिक रोजगारीमा बसेर घर फर्कदै गरेका थिए । सुन रिङ बनाएर डाइपरमा हालेको अवस्थामा भेटिएको थियो ।

RSS

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja