महाधिवेशनको ढिपि छाडेर पार्टी संगठन निर्माणमा लाग्न अनुरोध
![](https://www.pokharaaaja.com/wp-content/uploads/2019/07/66128712_2444624722482908_6304018517347794944_n.jpg)
पोखरा
ने.वि.संघ का नेता मनिश जंग थापाले नेपाली काँग्रेसको तेह्रौ महाधिवेशन आउन अझै दुई वर्ष बाँकी रहेकाले नेताहरुलाई महाधिवेशनको ढिपि छाडेर पार्टीका संगठनहरुलाई निर्माण गर्नपट्टि लाग्न अनुरोध गर्नुभएको छ ।
नेता थापाले अहिलेको परिस्थिति भनेको पार्टी संगठनहरुलाई तल्लो तहदेखी चुस्त र दुरुस्त बनाउनुपर्ने भएको तर केहि नेताहरु व्यक्तिगत स्वार्थमा लिप्त भएको आरोप लगाउनुभएको छ । उहाँले केही नेताहरुले आफु नेतृत्वमा आउन पाउने आशले ठाउँठाउँमा महाधिवेशनको ढिपि लगाएर हिँडिरहेकाले समयभन्दा पहिला यसरी हिँड्नु उपयुक्त नभएको बताउनुभयो । उहाँले सबै नेताहरुलाई एकजुट भएर पार्टी बलियो बनाई अगाडि बढ्नसमेत अनुरोध गर्नुभएको छ ।