‘स्मार्ट फिल्म सिटी’ नेपाली फिल्मी क्षेत्रका लागि ‘माइल स्टोन’ : मन्त्री बाँस्कोटा



पोखरा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लमजुङमा बन्ने ‘स्मार्ट फिल्म सिटी’ नेपालको चलचित्र क्षेत्रकै लागि ‘माइल स्टोन’ भएको बताउनुभएको छ ।

सरकारले हालसालै ‘छायाङ्कनका लागि गन्तव्य नेपाल’ भन्ने योजना अघि सारेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले त्यसका लागि पनि यो एउटा शुभ खबर भएको उल्लेख गर्नुभयो । । नेपाल प्राकृतिक र सांस्कृतिक हिसाबले धनी र सुन्दर रहेको र यो सुन्दरतालाई विश्वसामु जोड्न यसले पुलका रुपमा काम गर्ने उहाँको भनाइ छ । “हाम्रोतर्फबाट स्वागत छ, समयमा काम सम्पन्न गरोस्, यसलाई कसैले पनि चुनौती र दुःख नदिउँ, असल सन्देश दिउँ”, मन्त्री बाँस्कोटाले भन्नुभयो । यसमा कुनै समस्या आए सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले थप्दै भन्नुभयो, “पहिला–पहिला हलिउड र बलिउडको कुरा सुनिन्थ्यो, अब नेपाल एउटा स्मार्ट या कलिउड भयो, यो पक्के टेबलमा मात्रै थन्कने छैन ।” उहाँले औपचारिक पत्र प्राप्त भएको १५ दिनमा कुनै दुर्घटनामा नपरिकन चितुवाको गतिमा काम भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja