पूर्वराष्ट्रपति पत्नीको जन्मोत्सव भोजमा ८० जना बिरामी



पोखरा

पिलिपिन्सका पूर्वराष्ट्रपति फेर्डीनान्ड मार्कोसकी श्रीमती इमेल्डा मार्कोसको ९०औँ जन्मोत्सवका अवसरमा आयोजित भोजमा सहभागी ८० जना बिरामी भएका छन् ।

राजधानी मनिलादेखि नजिकै रहेको पासिग शहरमा भएको भोजमा सहभागी भएका मध्ये केहीलाई पेटसम्बन्धी समस्या र बान्ता भइरहने समस्या भएको अधिकारीहरूले जनाएका छन् । प्रारम्भिक अनुसन्धानले भोजमा राखिएको कतिपय खाद्यपदार्थमा विषाक्त चिज रहेकाले उनीहरूको स्वास्थ्यमा समस्या देखिएको पासिग शहरका प्रहरी प्रमुख रिजालिटो गापासले जानकारी दिनुभयो । उहाँले सो जन्मोत्सव भोजमा २५ सय भन्दा बढी सहभागी भएको पनि बताउनु भयो । बिरामी भएकालाई प्राथमिक उपचार गराइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja