लायन्स क्लब अफ पोखरा गण्डकीद्वारा १५ दिने सिपमुलक तालिम



पोखरा

लायन्स क्लब अफ पोखरा गण्डकीद्वारा १५ दिने सिपमुलक तालिमको समुद्घाटन गरिएको छ ।

लायन्स क्लब अफ पोखरा गण्डकी एवं पोखरा महिला हस्तकला विकास केन्द्रको संयुक्त आयोजनामा र पोखरा महानगरपालिका वडा नं ९,६ र १४ को सहयोगमा १५ दिने व्यवसायिक सिपमुलक तालिम सुरु गरिएको हो । समारोहमा प्रमुख अतिथि दिपक श्रेष्ठ हुनुहुन्थ्यो भने कार्यक्रमका संयोजकमा शान्ती पौडेल हुनुहुन्थ्यो ।

गत सोमबार समुद्घाटन गरिएको कार्यक्रममा वडा नं ६,९ र १४ का ३५ जना महिलाहरुको सहभागिता थियो । उहाँहरुलाई मकैको खोष्टाद्वारा मोडा बनाउने तालिम दिइने जनाइएको छ । समारोहमा लायन्स क्लबका सदस्यहरु, रेडियो जननी सम्पादक देविका तामाङ , प्रशिक्षक द्वव बिष्णु उचाई ठकुरी,हिरा कुँवर लगायतको सहभागिता थियो ।

कार्यक्रमको सभापतित्व हिरा भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja