नाइजर सैनिक शिविरमा आक्रमणमा १८ सैनिकको मृत्यु चार सम्पर्कविहीन



पोखरा

पश्चिमी नाइजरको सैनिक शिबिरमा एक समूहले गरेको ‘आतङ्कवादी’ आक्रमणमा परी कम्तीमा १८ जना सैनिकको मृत्यु भएको नाइजरका सुरक्षा अधिकारीले मङ्गलबार जनाएका छन् ।

केही सैनिक शिविरबाट भागेर ज्यान बचाएका बताइएको छ भने घटनापछि समाचार तयार पार्दासम्म चार सैनिक सम्पर्कमा आएका छैनन् । सेनामाथि भएको आक्रमणलाई साम्य पार्न अमेरिका र फ्रान्ससमेतले हवाई आक्रमणमार्फत नाइजर सरकारलाई सहयोग गरेका बताइएको छ ।

सोमबार दिउसो भएको उक्त आक्रमण अफ्रिकाको उत्तरपश्चिम क्षेत्रमा रहेको मालीको सीमा क्षेत्र नजिकै भएको नाइजरको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । सेनाले चार सैनिक सम्पर्कमा नआएको पनि बताएको छ । विश्वको गरिब राष्ट्रमध्ये मानिने अफ्रिकी राष्ट्र नाइजर साहेल क्षेत्र स्लामिक आन्दोलन प्रभावित अतिसम्वेदनशील इलाकामा रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja