नाइजेरियाको इन्धन गाडी विस्फोट हुँदा कम्तीमा ४५ जनाको मृत्यु



पोखरा

नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले मङ्गलबार जनाएको छ ।

पेट्रोल गाडी सडकमा ढलेपछि यसबाट चुहेको इन्धनलाई जम्मा गर्न सडकमा भेला भएका नागरिकहरूको दुर्घटनामा मृत्यु भएको बताइएको छ । ट्रक बेनु राज्यको ओहुम्बे गाउँमा दुर्घटनाग्रस्त भएको थियो । सडक सुरक्षामामिला हेर्ने संघीय आयोगका कमान्डर अलियुबाबाले घटनाको पुष्टि गर्दै भन्नुभयो, “हामीले ४५ मृत शरीरलाई घटनास्थलबाट निकालेका छौँ भने कम्तीमा १०० घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

अधिकांशको शरीरका भागहरू जलेका र मृतकको सङ्ख्या बढ्नसक्ने अस्पताल स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।” मृतकमध्ये एक गर्भवती महिला र कम्तीमा दुईजना साना केटाकेटीहरू रहेका छन् ।

अधिकारीका अनुसार घटनास्थल नजिकैबाट एउटा बस पास हुने क्रममा बसको इन्जिनबाट निस्केको आगोका झिल्काका कारण आगलागी भएको पनि बताइएको छ । घटनामा एउटा सडक छेउमा रहेको घर पनि जलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja