३३ प्रतिशत मकै बाँदरद्वारा सखाप



पोखरा

विहादी गाउँपालिकाका किसान यतिबेला बाँदर आतङ्कबाट हैरान बनेका छन् । किसानले खेतबारीमा लगाएको मकैलगायत अन्न बाली खानाका साथै तरकारी र फलफूलमा पु¥याएको क्षतिले किसान निराश बनेका छन् ।

विहादी – ४ लिङसियाकी रन्नता पाठकले भन्नुभयो, “ बाँदरले खेतबारीमा लगाइएको खेतीबाली सखाप पा¥यो पा¥यो, त्यसमाथि घरघरमा छिरेर बच्चा र बूढाबूढीमाथि समेत आक्रमण गरेर गाउँमा बस्नै नसकिने बनायो ।” वानरकै कारण पाँच रोपनी जमीनमा लगाएको तरकारीका साथै फलफूल खेतीसमेत गर्न छाड्नुपरेको बताउँदै पाठकले खाना र भाँडासमेत वानरले बोकेर लैजान थालेकाले बसाइँसराइ सरेर जाने क्रम बढेको जानकारी दिनुभयो ।

सोही गाउँपालिका ५ उरामका एकनारायण काफ्लेले वानरले तीन रोपनीमा लगाइएको तरकारी खेती र २२ रोपनी जमीनमा लगाइएको मकै खाएर सखाप पारेपछि अहिले सबै बाँझो बनेको बताउनुभयो । गाउँपालिका अध्यक्ष कमलप्रसाद भुसालले गाउँपालिकाका ३३ प्रतिशत मकै वानरले खाइसकेको जानकारी दिँदै यसलाई मार्न कानूनी रुपमा बन्देज भए पनि अधिकांश किसानबाट सोही उपाय अपनाएर भए पनि समस्याको समाधान गर्नुपर्ने माग आउने गरेको बताउनुभयो ।

गाउँपालिका परिषद्बाट बाँदर नियन्त्रणका लागि केही बजेट विनियोजन गरिएको बताउँदै कुनै त्यस्तो खालको प्रविधि भएका खण्डमा नियन्त्रणका लागि प्रयोग गर्ने योजनामा रहेको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja