दमकको उत्तरी क्षेत्रमा हात्ती आतङ्क



पोखरा

दमकको उत्तरी क्षेत्रका बस्तीमा हात्ती आतङ्क फैलिएको छ ।

दमक वडा नं ३ दुम्सेस्थित जङ्गल नजिकको बस्तीमा वर्षायामका समयमा जङ्गली हात्ती पसेपछि रातैभर त्यहाँका बासिन्दाले त्रासमा रात कटाउनुपरेको छ । हंसेदुम्से वनबाट हात्तीको समूह नै बस्तीमा प्रवेश गरेपछि त्यहाँको जनजीवन त्रासपूर्ण बन्दै गएको दमक–३ का वडाध्यक्ष नवीन बरालले जानकारी दिनुभयो । उहाँका अनुसार जङ्गलबाट निस्किएको हात्तीले त्यहाँका किसानको अन्नबालीसहित घरमा क्षति पु¥याउँदै आएको छ । हात्तीले खेतमा पाकेको मकै, धान खाइदिने गरेको उहाँले बताउनुभयो ।

स्थानीय दलबहादुर राई र हेमसागर पोखरेलको खेतमा केही दिनअघि मकैबाली खाएर नोक्सानी पु¥याएको हो । हात्तीका कारण त्यस क्षेत्रका बासिन्दाले सधैँ त्रासमा रातभर जाग्राम बस्नुपर्ने भएको वडाध्यक्ष बरालले गुनासो सुनाउनुभयो । बेलाबखत हात्ती बस्तीमा पसेपछि रातैभर हात्तीको त्रासमा जाग्रामजस्तै बसाइँ हुने गरेको वडाध्यक्ष बरालले बताउनुभयो ।

जङ्गली हात्तीका कारण वर्षेनी सो क्षेत्रमा एक/दुई जनाको ज्यानै जानेसम्मका घटना भएका छन् भने अन्नबाली र घरमा दैनिकजसो क्षति पु¥याउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja