असारभित्रै पार्टी एकताको काम सकिन्छ : अध्यक्ष दाहाल



पोखरा

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा तीन महीनाभित्र टुङ्ग्याउने भनिएको एकता प्रक्रिया विभिन्न कारणले ढिलाइ भए पनि असारभित्रै सम्पन्न गरिने विश्वास दिलाउनुभयो ।

उहाँले पार्टी एकताको कामलाई टुङ्गो लगाएर पार्टीलाई नयाँ गति दिने र जनताका बीचमा जाने गरी नीति कार्यक्रम तथा योजनासमेत तय गरिने स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “हामीले ठूलो आँट गरेर पार्टी एकता गरेका हौँ । विभिन्न कारणले गर्दा तोकिएको समयमा पूरा हुन सकेन । त्यसलाई अब हामी छिट्टै पूर्णता दिन्छाँै ।” प्रधानमन्त्री र आफ्नो बीचमा हरेक विषयमा सल्लाह हुने र छलफलका आधारमा नै सबै विषयलाई अगाडि बढाउने गरिएको भन्दै अध्यक्ष दाहालले आफूहरु एकै डुङ्गामा सवार भएकाले पनि त्यसलाई पार लगाउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

बैठकमा सांसदहरुको गुनासो संसदीय दलको बैठकमा नेकपाका सांसदहरुले सरकारको काम कारवाही प्रभावकारी हुन नसकेको, अन्तरक्रिया गर्ने वातावरण नभएको, समानुपातिक रुपमा आगामी आर्थिक वर्षको बजेट विनियोजन नभएको जस्ता विषयमा नेतृत्वको ध्यानाकर्षण गराउनुभएको थियो ।

पार्टी एकताको बाँकी काम पूरा नहुँदा देशव्यापी रुपमा नेता तथा कार्यकर्ता बेरोजगार भएका, स्थानीय तहमा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्नेतर्फ पहल नभएको भन्दै सांसदहरुले गुनासो गर्नुभएको थियो । सरकार ठीक बाटोमा हिँडेको छ भन्ने जनतालाई जानकारी दिनसमेत पार्टीभित्र सघन छलफल हुनुपर्ने भए पनि त्यस्तो नभएको भन्दै सांसदहरुले त्यसलाई सच्याएर जानुपर्नेमा जोड दिनुभयो ।

बजेट राम्रो आए पनि समानुपातिक रुपमा वितरण नभएको भन्दै किन त्यस्तो भयो भन्दै सांसदहरुको गुनासो थियो । बैठकमा सहभागी सांसद देवेन्द्र पौडेलले पार्टी एकता, सरकारका काम कारवाही, बजेटलगायतका विषयमा सांसदहरुले आ–आफ्नो धारणा राख्नुभएको जानकारी दिनुभयो । उहाँले पार्टी र सरकारका विषयमा उठेका विविधि प्रश्नमा आफूहरुले नेतृत्वको ध्यानाकर्षण गराएको बताउनुभयो ।

सांसदहरुले उठाउनुभएका प्रश्नमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष दाहालले जनताको अपेक्षाअनुसार नै सरकार अगाडि बढेको, पार्टी एकताको कामलाई छिट्टै पूर्णता दिने विश्वास दिलाउनु भएको नेता पौडेलले बताउनुभयो । त्यस्तै बैठकमा सहभागी अर्का सांसद रामकुमारी झाँक्रीले नियमति रुपमा पार्टी नेतृत्व र सांसदबीचको अन्तरक्रियामा आफूले जोड दिएको जानकारी दिनुभयो । प्रधानमन्त्री देश र जनताका लागि दैनिक १८ घण्टा खटेजस्तै तमाम पार्टी कार्यकर्तालाई समेत खटाउने गरी जिम्मेवारी दिनुपर्नेमा जोड दिएको सांसद झाँक्रीले बताउनुभयो ।

बैठकमा नेकपाका नेताहरु भीमबहादुर रावल, जनार्दन शर्मा, धर्मशिला चापागाईं, घनश्याम भुसाल, पदम गिरी, झपट रावल, निरु पाल, लालबहादुर थापा, गणेश पहाडीलगायत २९ जनाले बोल्नुभएको थियो । संसदीय दलको अर्को बैठक यही असार २१ गते पुनः बस्ने प्रमुख सचेतक गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja