निःशुल्क आँखा शिविर



पोखरा

सिरहाको धनगढीमाई नगरपालिका– २ भवानीपुरमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

धनगढीमाई नगरपालिका–२ कार्यालय भवानीपुर तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहयोगमा एकीकृत विकास केन्द्र भवानीपुरद्वारा आयोजित शिविरमा १८४ जनाले निःशुल्क आँखा जाँच गराएका छन् ।

तीमध्ये ४७ जना मोतियाविन्दुका बिरामी फेला परेको केन्द्रका कार्यक्रम संयोजक कपलेश्वर साहले जानकारी दिनुभयो । मोतियाविन्दुका बिरामीलाई उपचारका लागि सगरमाथा चौधरी आँखा अस्पताल लहानमा लगिएको छ ।

शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका डा राजकुमार यादव, अविनाश चौधरी, वीरेन्द्र साह लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja