हिन्दुहरुको पवित्र धार्मिक स्थल अमरनाथ यात्रा शुरु



पोखरा

भारतको जम्मु काश्मिरमा रहेको हिन्दुहरुको पवित्र अमरनाथको दर्शनका लागि सोमबार बिहान पहिलो धार्मिक तिर्थयात्रीको टोली बल्तालबाट त्यसतर्फ प्रस्थान गरेको छ ।

वर्षमा एक पटक आयोजना गरिने यो तिर्थयात्रा करिब ४६ दिनको हुनेछ । अमरनाथ यात्राका लागि यस पटक पनि कडा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । जम्मु काश्मिरका गभर्नर सत्यपाल मलिकका सल्लाहकार के के शर्माले विधिपूर्वक पूजाआजा गरी तिर्थयात्रीलाई बिदाई गर्नुभएको थियो । त्यस अवसरमा शर्माले पत्रकारहरुसँग कुरा गर्दै भारत सरकारका तर्फबाट आफूहरुले पहलगाम र बल्तालको भ्रमण गरेको र सबै तिर्थयात्रीको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । तिर्थयात्रीहरुलाई उधमपुरको टिक्रीका स्थानीयबासीले स्वागत पनि गरेका थिए ।

गभर्नर मलिकले हिन्दु तिर्थयात्रीको यात्रालाई शान्तिपूर्ण बनाउन स्थानीय मुस्लिम समुदायले गरेको सहयोगका लागि आभार व्यक्त गर्नुभयो । समुद्र सतहबाट करिब तीन हजार ८८८ मिटर अग्लो स्थानमा रहेको अमरनाथ गुफा हिन्दु धर्मावलम्बीका लागि ज्यादै महत्वपूर्ण धार्मिक स्थल हो । अमरनाथ यात्रा हरेक वर्ष श्रावणी मेलाका अवसरमा आयोजना गरिन्छ । वर्षका अधिकांश समय हिउँले ढाक्ने अमरनाथमा यो यात्रा जुलाईमा आरम्भ भएर अगष्टमा समाप्त हुन्छ ।

यो यात्रा अनन्तनाग जिल्लाको ३६ किलोमिटर पहलगाम राजमार्ग तथा गन्डेरवाला जिल्लामा बल्ताल सडक खण्डमा १४ किलोमिटर हुने गर्दछ । यस यात्रामा हरेक वर्ष लाखौं श्रद्धालु सहभागी हुने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja