दैनिक उपभोग्य कलेजो सफा गर्ने ११ खानेकुराहरु



पोखरा

हरिया सागसब्जी: हरिया सागसब्जी काँचै खाँदा, पकाएर खाँदा या जुस बनाएर जसरी खाएपनि यो कलेजोको स्वास्थ्यका लागि उपयोगी हुन्छ। यसले रगतबाट वातावरणीय विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ।

अंगुरः अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ। एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग गर्छ।

प्याज: प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ। यसमा अधिकमात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुईवटा प्राकृतिक तत्वले कलेजोलाई सफा पार्छन्।

गाँजर: गाँजरको सेवनले कलेजोले काम गर्ने क्षमता बढाउँछ।

कागती: कागतिमा उच्चमात्रामा भिटामिन सि पाइन्छ। बिहान नियमित रुपमा कागती पानी पिउनाले कलेजोलाई राम्रोसंग काम गर्न मद्दत गर्छ।

ग्रीन टी: यो कलेजोको स्वास्थ्यका लागि उपयुक्त पदार्थ हो। ग्रीन टीले समग्र डाइटमा पनि वृद्धि गर्छ। तर एकै पटक धेरै ग्रीन टी पिउनु हुँदैन।

बेसार: बेसारले शरीरबाट विषाक्त पदार्थ हटाउन कलेजोलाई सहयोग गर्छ।यसको अर्को फाइदा भनेको यसले शरीरबाट कार्सियोजेन्स हटाई क्यान्सर लाग्ने सम्भावनालाई न्यून गर्छ।

एभोकाडो: पोषकतत्वले भरपूर एभोकाडोले कलेजो सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ।

स्याउ: यसमा पेक्टिन नामक तत्व उच्च मात्रामा पाइने भएकाले पाचन प्रणालीबाट विषाक्त पदार्थ सफा गर्छ।

जैतुनको तेल: जैतुनको तेलले शरीरमा भएका हानिकारक पदार्थ निकाल्न मद्दत गर्छ।

ब्रोकाउली/काउली: यसले शरीरमा ग्लुकोसिनोलेट नामक तत्व वृद्धि गर्छन्, जसले कलेजोमा इन्जाइमको काम गर्छ। यसबाट क्यान्सर हुने खतरा पनि कम हुन्छ।


प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja