‘अनलाइन मिडिया विश्वसनीय हुनुपर्छ’



पोखरा

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अनलाइन मिडियाले गुणस्तरीय एवम् विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ ।

अनलाइन मिडिया समूह प्रदेश नं १ द्वारा आइतबार आयोजित ‘सङ्घीय, प्रदेश र स्थानीय तहको विकास समृद्धिमा छिटो सूचनाका लागि अनलाइन मिडियाको भूमिका’ विषयक अन्तक्र्रियामा मन्त्री घिमिरेले अनलाइन मिडिया व्यावसायिक पत्रकारितामा केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकार पत्रकारिताको क्षमता वृद्धिका लागि विज्ञापन, तालीम, गुणस्तर विस्तारमा सहयोग गर्न तयार रहेको बताउनुभयो । “आगामी १० वर्षभित्र प्रदेशका सबै सामुदायिक विद्यालयबाट झोला र किताब विस्थापित गछौँ”, मन्त्री घिमिरेले भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घ प्रदेश १ का महासचिव विवेक गौतमले अनलाइन मिडियालाई सरकारले कानून निर्माण गरी अनुगमन गर्नुपर्ने बताउनुभयो । समूहका अध्यक्ष तेजेन्द्रबहादुर भण्डारी, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार सङ्घका वरिष्ठ महासचिव नवीन रिजालले अनलाइनको भविष्य उज्ज्वल रहेकाले यसले सामाजिक दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

RSS

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja