लागुऔषधसम्बन्धी जनचेतना दिँदै प्रहरी



पोखरा

जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला विभिन्न विद्यालयका विद्यार्थीलाई विद्युतीय अपराध (साइबर क्राइम) सम्बन्धी प्रशिक्षण दिन थालेको छ ।

शाहीलेकस्थित वीरेन्द्र माविका विद्यार्थीलाई लागुऔषध, साइबर क्राइमसम्बन्धी विशेष प्रशिक्षण दिनुका साथै ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक सामग्री वितरण गरिएको छ । कार्यक्रममा लागुऔषधले पार्ने असर, साइबर क्राइमसम्बन्धी जानकारी दिइएको छ ।

नेपाल स्काउटसँगको समन्वय, वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेकको विशेष सहयोगमा बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयको नेतृत्वमा उक्त प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षणमा सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीका अध्यक्ष दिपेश शाह, वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेक बैतडीका शिक्षक नवराज पाण्डेय, शिक्षिका प्रेमा बुढाऐरलगायतको उपस्थितिमा नेपाल स्काउटमा आबद्ध वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेकलगायत विभिन्न विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत ६० विद्यार्थीको सहभागिता रहेको थियो ।

गाँजा नष्ट अभियान यसैबीच जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाभरि गाँजा नष्ट अभियान शुरु गरेको छ । गाँजा खेतीबाट चरेश उत्पादन हुने र यसले समाजमा विकृति फैलाउने भएकाले गाँजाखेती नष्ट गर्ने अभियान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

कतिपय ठाउँमा गाँजाखेती गरिएको भेटिएको र कतिपय ठाउँमा आफैँ गाँजा उम्रेकाले नष्ट गर्ने अभियान थालिएको हो । जिल्लाका सबै प्रहरी युनिटबाट प्रहरी खटाएर गाँजा नष्ट गर्ने अभियान शुरु गरिएको छ । गाँजा खेती नष्ट गर्ने क्रममा प्रहरीले स्थानीयसँग अन्तरक्रियासमेत गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गाँजाखेतीले समाजमा पार्ने प्रभावका विषयमा जानकारी दिने काम भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेयको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मातहतका युनिटबाट प्रहरी टोली खटाएर गाँजाखेती नष्ट गर्ने अभियान जारी रहेको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja