पुस्तक आयातमा भन्सार लगाएर सरकारले ज्ञानमा नियन्त्रण गर्न खोज्यो: गगन थापा



पोखरा

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले पुस्तक आयातमा भन्सार लगाएर ज्ञानमा नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले भने, ‘किताबलाई महँगो बनाउँदै यसमा नियन्त्रण गरी प्रकारान्तरमा ज्ञानमा नियन्त्रण गर्ने उद्धेश्यले यस्तो व्यवस्था गरिएको हो ।’ उनले ०७६/७७ को बजेटमा विदेशमा प्रकाशित पुस्तकमा लगाइएको १० प्रतिशत भन्सारको विरोध गर्दै यसले राजस्व संकलनमा टेवा पुग्ने धारणा सहि नभएको बताए ।

उनले व्यङ्ग गर्दै भने, “नेपालीले भन्सार बढाउँदा पनि किताब किन्न नछाडेमा प्रतिव्यक्तिले कति पुस्तक ल्याउन पाउने भन्ने कोटा तोकेर विमानस्थल जस्ता ठाउँमा सुरक्षा जाँच कडा गर्नुस्, किताब बढी ल्याउनेलाई दण्ड जरिवाना गराउनुस् । त्यसो गर्दा पनि नेपाली किताब पढ्न छाडेनन् भने एकजना नागरिकले एक वर्षमा कतिवटा किताब पढ्न पाउने हो त्यसको पनि कोटा तोकिदिनुस् ।”

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja