अस्पतालमै डाक्टरको गाडिको ठक्करबाट बालकको मृत्यु

पोखरा
पोखराको मणिपाल शिक्षण अस्पताल परिसरमा गाडीले ठक्कर दिँदा पोखरा महानगरपालिका २८ माझठानाका ४ वर्षीय बालक संस्कार कँडेलको ज्यान गएको छ ।
संस्कार कँडेलको सोही अस्पतालमा कार्यरत डाक्टर विश्वदीप तिमिल्सिनाले चलाएको ग ३ च ४३६ नम्बरको गाडीले ठक्कर दिँदा ज्यान गएको हो । बालक आफ्ना बुबाआमासँग विहान ८ बजे पोखरा रानीपौवाबाट मनिपाल अस्पतालमा उपचाररत आफ्नी हजुरआमा भेट्न अस्पताल पुगेका थिए । बिरामी हजुरआमालाई भेटेर फर्कने क्रममा बालकलाई अस्पताल हाताको छेउमा उभ्याएर बाबु पार्किङ्गमा राखेको मोटरसाइकल लिन जाँदा बालकलाई गाडीले किचेको थियो ।
बालकको शव अहिले मणिपाल अस्पतालमा राखिएको छ । अहिले अस्पतालमा तनावको अवस्था सिर्जना भएको छ भने बालकका आफन्तले लापर्वाहीपूर्वक गाडी चलाएर बालकलाई ठक्कर दिएको आरोप लगाउँदै डाक्टरलाई तत्काल कारबाही गर्न माग गरेका छन, साथै आफन्तले चालकलाई कडा कारबाही नभएसम्म मृतक बालकको शव नबुझ्ने जनाएका छन्।