आर्थिक चलखेलका कारण हिन्दूराष्ट्र कायम भएन : पूर्वउपराष्ट्रपति झा



पोखरा

पूर्वउपराष्ट्रपति परमानन्द झाले ९५ प्रतिशत ॐकार परिवारका धर्मावलम्बी भए पनि संविधान निर्माण हुँदा आर्थिक चलखेलका कारण हिन्दूराष्ट्र कायम हुन नसकेको बताउनुभएको छ ।

गुरु गोरक्षनाथ अन्तर्राष्ट्रिय आधारशीला तथा नेपाल विश्व हिन्दू महासङ्घले शनीबार काठमाण्डौँमा आयोजना गरेको बृहत् धार्मिक सभामा उहाँले विसं २०६८ को जनगणनाअनुसार पौने तीन करोड जनसङ्ख्यामा दुई करोड १५ लाख हिन्दू रहेको र संविधानको सुझाव लिने समयको जनमतलाई कदर गरेको भए धर्म सापेक्ष देश हुने थियो भन्नुभयो । विश्वमा ४२ वटा संविधानमै इस्लाम धर्म लेखिएका देश भएको बताउँँदै पूर्वउपराष्ट्रपति झाले सनातनदेखि वैदिक मूल्यमान्यतालाई आत्मसात् गर्दै आएको नेपाललाई धर्मनिरपेक्ष लेखिएकामा लामो समयदेखि असन्तुष्टि रहिरहेको बताउनुभयो ।

पूर्वसांसद भिक्षु आनन्दले सङ्कीर्ण मानसिक सोचका कारण हिन्दू र बौद्धको उद्गमस्थल नेपालको तपोभूमि, ज्ञानभूमि र शान्तिभूमिको परिचय हराउने खतरा बढेको बताउनुभयो । कार्यक्रममा पूर्वमुख्य न्यायाधीश ज्ञाइन्द्रबहादुर श्रेष्ठ, भारतको गुरु गोरक्षनाथ इन्टरनेशनल फाउण्डेसनका उपाध्यक्ष तेजपाल सिंह, विश्व हिन्दू महासङ्घ बेलायत शाखाका अध्यक्ष चिरञ्जीवी ढकाल, ज्येष्ठ नागरिक समाजका संयोजक चिरञ्जीवी कँडेल, रामजानकी मन्दिर जनकपुरका महन्त जगन्नाथ वैष्णवदास, पाशुपत योगाभ्यास स्थलका महात्मा सुशील, वृन्दावन संरक्षण समिति अछामका संयोजक कमानसिंह खड्का, नेपाल विश्व हिन्दू महासङ्घका सचिव अभिषेक तिवारी, राम बाबा, आधारशीलाका अध्यक्ष रुद्रबहादुर आले लगायतले वैदिक सनातन धर्मको संरक्षणमा ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लोपोन्मुख मौलिक खैँजडी भजनको प्रस्तुतिसमेत गरिएको थियो ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja