श्रीलंकामा संकटकालको समय लम्ब्याइयो



पोखरा

श्रीलंकामा संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ ।

श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याउनुभएको प्राप्त समाचारमा जनाइएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार एक निर्देशिका जारी गर्दै यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याइएको जानकारी दिनुभएको हो । उहाँले यहाँका नागरिकको सुरक्षाको अवस्थालाई मध्यनजरगरी यो अवधि थप लम्ब्याइएको पनि सो निर्देशिकामा स्पष्ट गर्नुभएको छ ।

गत अप्रिल महिनामा भएका आतंककारी हमलामा परी २५८ जनाको ज्यान गएको थियो । सो आक्रमण श्रृंखलाबद्ध रुपमा भएको थियो । त्यस हमलापछि श्रीलंकामा ठूलो आतंक फैलिएको थियो । त्यस हमलापछि त्यसमा संलग्नहरुको खोजीका क्रममा अहिले पनि कम्तीमा १०० जना व्यक्ति त्यहाँको जेलमा रहेका छन् ।

राजधानी कोलम्बोमा रहेका तीन ओटा चर्च र अरु तीन ओटा पाँचतारे होटलमा यस्तो हमला भएको थियो । हुन त मे महिनाको अन्तिम तिर श्रीलंकाली राष्ट्रपति सिरिसेनाले पश्चिमा देशहरुका कूटनीतिज्ञहरुसँग कुराकानी गर्दै देशको शान्ति सुरक्षाको अवस्था पहिलेकै अवस्थामा पुगेर सामान्य भइसकेको भन्दै यही जुन २२ मा सकिने संकटकालको अवस्थाको अवधि नबढाउने बताउनुभएको थियो । तर उहाँले संकटकालीन अवस्थाको समयावधि बढाएकोमा सबैले आश्चर्य मानेका राजधानी कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ । सार्वजनिक सुरक्षाका लागि संकटकाल फलदायी भएको र आवश्यक पनि देखिएकाले म्याद थपिएको राष्ट्रपति सिरिसेनाले स्पष्ट पार्नु भएको छ ।

उहाँले हस्ताक्षर गरेर विषेश राजपत्रमा प्रकाशित सूचनाका अनुसार सेवा प्रवाह र दैनिक जीवनमा सहजता आउने उल्लेख गरिएको छ । आतङ्ककारीहरुले गत अप्रिल २१ तारिखका दिन आक्रमण गरेका थिए भने राष्ट्रपति सिरिसेनाले त्यसको भोलीपल्ट अप्रिल २२ मा संकटकाल घोषणा गर्नुभएको थियो ।

सुरुमा एक महिनाका लागि घोषणा गरिएको संकटकाल मे २२ मा एक महिना पुरा भएपछि फेरी एक महिनाका लागि थपिएको थियो । त्यसैलाई निरन्तरता दिदै शनिबार फेरी एक महिनाका लागि थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja