सडकमा बत्ती जडान



पोखरा

मुगु जिल्ला सदरमुकाम गमगढीको पुरानो तथा मूल बजारका सडकमा सडक बत्ती जडान गरिएको छ ।

छायाँनाथ रारा नगरपालिकाले जिल्ला सदरमुकाम गमगढी बजारका ५ वटा चोकहरुमा सडक बत्ती जडान गरेको हो । सडक बत्तीहरुको विधिवत रुपमा बिहीबार साँझ उद्घाटन गरेर सेवा सञ्चालन गरिएको छ । सडक बत्तीको उद्घाटन गर्नुहँुदै नगरप्रमुख हरिजंग शाहीले बजार क्षेत्रमा शान्ति सुरक्षा, बटुवालाई आवत जावतमा सहज र बजारलाई रात्रिको समयमा उज्यालो बनाउन सडक बत्ती जडान गरिएको बताउनुभयो ।

उहाँले अहिले परीक्षणका रुपमा सदरमुकामका पाँच स्थानमा स्वचालित सडक बत्ती जडान गरिएको र भविष्यमा क्रमिक रुपमा नगरक्षेत्रका ग्रामीण बजार र सडकमा समेत सडक बत्ती जडान गर्ने योजना नगरपालिकाको रहेको जानकारी गराउनुभयो ।

गमगढी बजारका व्यस्त चोकहरु अदालत चोक, मिलन चोक, कृष्ण चोक, हाईस्कुल चोक र चैन चोकका ती सडकमा बत्तीहरु राखेर सञ्चालन गरिएको हो

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja