बजेटमा वैचारिक अस्पष्टता भएको भट्टराईको दाबी



पोखरा

समाजवादी पार्टी नेपालका डा बाबुराम भट्टराईले सामान्य र निरन्तरताको हिसाबले हेर्दा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटलाई सकारात्मक रुपमा नै हेर्न सकिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उहाँले भन्नुभयो, “केही सुधार भए पनि निरन्तरताको बजेट आयो त्यसैले साह्रै खुशी हुने अवस्था भने छैन ।” देशको अहिलेको आवश्यकता भनेको वायुपङ्खी घोडाको गतिमा हिँड्ने बजेट हुनुपर्दथ्यो भन्दै पूर्वअर्थमन्त्री डा भट्टराईले विगतको सङ्क्रमणकालसँग दाँजेर हेरिनु हुँदैन, बजेटमा वैचारिक अस्पष्टता छ भन्नुभयो ।

बजेटलाई केवल आयव्ययको अनुमानका रुपमा मात्र नहेरी देश रुपान्तरणको दस्तावेजका रुपमा बुझ्न आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “उत्पादकत्व बढाउने र आत्मनिर्भर हुने पक्षमा बजेट पर्याप्त विनियोजन हुनुपर्नेमा त्यो कम देखिएको छ । उहाँले विप्पा सम्झौता गर्न अनकनाउने र डराउने काम गर्न हुन्न, आफ्नो मुलुकको हितलाई ध्यान दिएर अघि बढाउनुपर्छ भन्नुभयो ।

वर्षा शुरु भो मल खोई त्यसैगरी संसद्को आजको बैठकमा बर्खायाम नजीकै आएकाले बाढीपहिरोेबाट हुन सक्ने जनधनको क्षति रोक्न गर्नुपर्ने पूर्वतयारी, रासायनिक मलको आपूर्ति तथा सप्तरीमा फैलिएको डेङ्गुरोग नियन्त्रणको विषय उठेको छ । बैठकको शून्य समयमा भाग लिँदै सांसद लक्ष्मी परिवारले मुलुकमा पानी जहाज चलाउने हल्ला चलेको निकै समय बितिसके पनि आजको दिनसम्म कार्यालय स्थापना र बोर्ड झुण्ड्याउनेबाहेक अरू काम किन हुन सकेन भनी प्रश्न गर्नुभयो ।

सांसद वसन्त नेम्वाङले अन्तर मन्त्रालयबीच समन्वय हुन नसक्दा मुलुकका प्राथमिकतामा आयोजना पनि वातावरणलगायतका विषय उठाएर प्रभावित पार्ने कोसिस भएको हुँदा राष्ट्रिय गौरवका आयोजनाका सम्बन्धमा एकीकृत नीति बढाउन आवश्यक रहेको सुझाव दिनुभयो ।

सांसद बिमला विश्वकर्माले यस वर्षको वर्षाको मौसम शुरु भइसकेकाले बाढीपहिरोलगायत प्राकृतिक प्रकोपका घटनाबाट हुन सक्ने जनधनको क्षति रोक्न पूर्वतयारी गर्न सरकारलाई सुझाव दिनुभयो ।

सांसद विष्णु शर्माले दाङमा सिमेन्ट कारखानाबाट उडेको धुलोका कारण मानिस, पशु चौपायाको स्वास्थ्यमा गम्भीर असर परेकाले त्यस विषयमा सरकारले आवश्यक कारवाही अघि बढाओस् भन्नुभयो ।

सांसद शान्ता चौधरीले गुठी विधेयक फिर्ता गरिँदा गरीबी र शोषणमा परेका समुदायको हृदयमा फेरि चोट पु¥याउने काम भएको धारणा व्यक्त गर्नुभयो ।

सांसद शिवकुमार मण्डलले चन्द समूहको नाममा निहत्था राजनीतिक कार्यकर्तालाई यातना दिने र गोली हान्ने काम भएको भनी विरोध गर्दै त्यस्ता गतिविधि रोक्न सरकारलाई सुझाव दिनुभयो ।

सांसद सत्यनारायण शर्मा खनालले वर्षायाम आएसँगै मुलुकका विभिन्न नदीमा आउने बाढीबाट खेतीयोग्य जग्गामा पु¥याउन सक्ने क्षति रोक्न तटबन्धका लागि तारजालीका मौज्दात राख्न ध्यानाकर्षण गराउनुभयो । सांसद सरिताकुमारी गिरीले सप्तरीमा फैलिरहेको डेङ्गु रोग नियन्त्रण रोक्न औषधिसहितको स्वास्थ्य टोली खटाउन माग गर्नुभयो ।

सांसद सीताराम महतोले बर्खायामसँगै धान रोप्ने बेला भइसके पनि रासायनिक मलको व्यवस्था हुन नसकेको भनी सरकारको काम गर्ने शैलीप्रति आलोचना गर्नुभयो ।

सांसद सुदन किरातीले कानून निर्माणको मूल जिम्मेवारीमा रहेका सांसदले ल्यापटप किनाउनुभन्दा त्यो पैसाले चेपाङको घर निर्माण गरौँ भनी सुझाव दिँदै ल्यापटपको विषयले सांसदको मानमर्दन हुन्छ भन्नेतर्फ सबैको समयमै ध्यान पुगोस् भन्नुभयो ।

सांसद सञ्जयकुमार गौतमले बर्खायाम शुरु भइसके पनि गोदाममा मल नभएकोप्रति सरकारको ध्यान जाओस् भन्दै जनताको सरकार मात्र भनेर हँुदैन जनहितको काम गर्न सक्नुपर्छ भन्नुभयो ।

सांसद हरिराज सुवेदीले शान्ति प्रक्रियाका बाँकी काम छिटो पूरा गर्ने जोड दिनुभयो ।

सांसद हिरा गुरुङले मिडिया काउन्सिल विधेयकले स्वतन्त्र प्रेसमाथि अङ्कुश लगाउने काम भएको छ भन्नुभयो ।

सांसद ज्ञानकुमारी छन्त्यालले तनहुँमा खेल मैदानको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीका विभिन्न जिल्लामा बर्खायामसँगै आउने बाढीले पु¥याउन सक्ने क्षतिप्रति बेलैमा सजग र सचेत भएर पूर्वतयारी गर्न सदनको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja