प्रेस स्वतन्त्रताको पक्षमा पत्रकारले हस्ताक्षर बुझाए



पोखरा]

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरले प्रेस स्वतन्त्रताको पक्षमा गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत सरकारलाई बुझाएको छ ।

महासङ्घले सङ्कलित पत्रकारहरुको हस्ताक्षर आज नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले भक्तपुरका सहायक प्रजिअ दिलीपकुमार लामिछानेमार्फत सरकारलाई बुझाएको हो । सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासङ्घले घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत हस्ताक्षर बुझाएको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

सहायक प्रजिअ लामिछानेले गृहमन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयमा उक्त हस्ताक्षर बुझाइने जानकारी दिनुभयो ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja