ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ



पोखरा

ठूलो परिमाणमा लागुऔषधसहित पश्चिम नवलपरासी प्रहरीले दुईलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी गेरमीबाट खटिएको प्रहरी टोलीले जिल्लाको पाल्हीनन्दन–५ चमनटोलस्थित भारतीय सीमाक्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामग्र्राम नगरपालिका–३ बस्ने वर्ष २५ को लक्षु लोहार र रामग्राम–८ बस्ने वर्ष ३८ का राकेशकुमार भन्ने बुद्ध देवदत्त रहेका छन् ।

भारतबाट पैदल नेपाल आइरहेका उनीहरुको झोला जाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार उनीहरुको साथबाट डाइजोपाम, फेनरागन र बुप्रेनोफ्रिन दुई/दुई एमएलको १००/१०० एम्पुल गरी कूल ३०० एम्पुल लागुऔषध बरामद भएको हो । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको उपरीक्षक थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja