चीनद्वारा सिरियालाई १०० बस उपहार



पोखरा

द्वन्द्वग्रस्त मध्यपूर्वी मुलुकको सार्वजनिक यातायात सेवा सुधारका लागि चीनले सिरियालाई १०० बस उपहार प्रदान गरेको छ ।

बिहीबार सिरियास्थित चिनियाँ राजदूताबासले एक विज्ञप्ति जारी गरी सिरियाली शहरी क्षेत्रको यातायात समस्यालाई सुधार गर्नका लागि १०० बस उपहारस्वरूप प्रदान गरिएको जानकारी गराइएका हो । चीनले आफ्नो सहयोगले सिरियाको यातायातलाई व्यवस्थित गर्ने विश्वास लिएको छ । आठ बर्ष लामो युद्धबाट देशका धेरै भौतिक संरचनामाथि क्षति व्यहोरेको सिरियामा उक्त बसको साँचो एक भव्य कार्यक्रमबीच राजदूताबास परिसरमा सम्पन्न कार्यक्रममा चीनले सिरियाको घाउमा मलम लगाउने पहलहरू आगामी दिनमा पनि भइरहने बताइएको थियो ।

सफा चउरमा लस्करै राखिएका हरिया बसहरूको साँचो सिरियाका लागि चिनियाँ राजदूत फेङ विआओले सोही कार्यक्रमबीच सिरियाली स्थानीय प्रशासन तथा वातावरण मन्त्री हुसेन माखलोफलाई हस्तान्तरण गर्नुभएको छ । सहयोगपछि चीन सरकारलाई धन्यवाद दिँदै माखलोफले भन्नुभयो, “चीनले सार्वजनिक यातायात सुधारका लागि दिएको मूल्यवान उपहारलाई सही प्रयोग गर्दै शहरी यातायातमा देखिँदै आएका समस्यालाई व्यवस्थित गर्न दमास्कसको पहल रहने र आगामी दिनमा चीनले सिरियाको पुनः निर्माणका लागि थप सहयोग हुनेछ ।”

सिरियामा भएको गृह युद्धसँगै विदेशी हस्तक्षेपहरूका कारण झण्डै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित भएको छ भने करिब तीन लाख ५० हजार सिरियालीको ज्यान गएको छ । युद्धका कारण मुलुकका अधिकांश संरचनाहरू ध्वस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja