भूकम्पबाट विस्थापित परिवारले पाए निजी आवास



पोखरा

भूकम्पबाट विस्थापित सिन्धुपाल्चोक सेलाङका १९ परिवार बुधबारदेखि बासँखर्कस्थित नवनिर्मित निजी आवासमा बस्न थालेका छन् ।

अक्सफाम जिवी नेपालको आर्थिक सहयोग तथा जनहित ग्रामीण सेवा समितिको साझेदारीमा निर्माण गरिएको एकीकृत बस्तीमा विगत चार वर्षदेखि विस्थापित जीवन बिताउँदै आएका उनीहरु निजी आवासमा बस्न थालेको एकीकृत आवास निर्माण समितिका अध्यक्ष सवले लामाले जानकारी दिनुभयो ।

जुगल गाउँपालिका–१ अन्तर्गत सेलाङको सेप गाउँमा पुस्तौँदेखि बसोबास गर्दै आएका ती परिवार भूकम्पले जमीन चिरा पर्नाका साथै पहिरोको उच्च जोखिममा परेपछि सेलाङकै बाँसखर्कमा विस्थापित जीवन बिताउँदै आएका थिए । विस्थापितलाई जग्गा खरीद गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपलब्ध गराएको प्रतिपरिवार रु दुई लाखका दरले रु ३८ लाखमा जग्गा खरीद गरेर उनीहरुलाई संयुक्त जगाधनी पुर्जा प्रदान गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

जग्गा उपलब्ध भएपछि सो ठाउँमा एकीकृत बस्ती निर्माण गरिएको जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले बताउनुभयो । उहाँका अनुसार त्यहाँ अन्यत्रबाट आएर विस्थापित जीवन बिताइरहेका अन्य ३५ परिवारलाई अझै पनि व्यवस्थित रुपमा बसोबास गराउन बाँकी नै छ । त्यहाँ निर्मित एकीकृत बस्तीमा पुग्न सडक सुविधा पुगिसकेको र खानेपानी तथा बत्तीको काम हँुदै गरेकाले आगामी साताभित्र पूरा गरिने निर्माण समितिका अध्यक्ष लामाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja