विद्यार्थीलाई स्वास्थ्योपचार सेवा



पोखरा

जुम्लाका पाँच विद्यालयका दुई हजार ५४० विद्यार्थीले स्वास्थ्योपचार सेवा पाएका छन् ।
कर्णाली मावि अनामनगर, चन्दननाथ नमूना मावि खलङ्गा बजार, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, जनता प्राविधिक मावि महतगाउँ र जनज्योति मावि बारकोटे वाडाका विद्यार्थीले क्षयरोग र मुटुरोग सम्बन्धी उपचार पाएको कर्णाली माविका प्रधानाध्यापक मीनराज शर्माले जानकारी दिनुभयो ।

तीमध्ये चार विद्यार्थीलाई शल्यक्रिया गर्नुपर्ने, छ जनाले सामान्य औषधि खानुपर्ने र १० मुटुरोग भएकाहरुलाई छालाको उपचार र शल्यक्रिया गर्नुपर्ने देखिएको बताइएको छ । छ जना बाथ मुटुरोग र १४ जनामा जन्मजात मुटुरोगको समस्या देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

नेपाल क्षयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा जुम्लाको आयोजना र नेपाल क्षयरोग निवारण प्रतिष्ठानको प्राविधिक सहयोगमा चन्दननाथ नगरपालिकाभित्रका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राछात्रको मुटुको जाँच गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja