गलकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम



पोखरा

बागलुङको गलकोट नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । गलकोट नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १८५ लाई रोजगारी दिएको छ ।

पारिश्रमिकमा आधारित अल्पकालीन रोजगारी कार्यक्रमअन्तर्गत नगरपालिकाका ११ वडाबाट १८५ लाई रोजगारी प्रदान गरिएको गलकोट नगरपालिकाले जनाएको छ । रोजगारीका लागि नगरपालिकामा एक हजार २७५ सूचीकृत रहेकोमा ज्ञान, सीप, क्षमता तथा आयस्तरलाई आधारमानी जम्मा १८५ लाई छनोट गरिएको हो ।

“बेरोजगारको सूचीलाई आधार मानेर रोजगारीका लागि छनोट गरेका हौँ”, नगरप्रमुख भरत शर्मा गैरले भन्नुभयो, “बेरोजगार भई घरमै बसेका युवा युवतीलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले राहत मिलेको छ ।” प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न गलकोट नगरपालिकामा प्राप्त रु ३८ लाख बजेटबाट इञ्जिनीयरिङ ‘स्टिमेट’को आधारमा नगरपालिकाभित्रका सम्पूर्ण वडामा रु दुई लाखदेखि रु पाँच लाखसम्म बजेट विनियोजन गरिएकोे छ । विनियोजित बजेटको ७० प्रतिशत ज्याला र ३० प्रतिशत सामान खरीदको लागि खर्च गरिने नगरपालिकाले जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा काम पाएकाले सडक मर्मत, बाटोघाटो निर्माण तथा सरसफाइमा सहभागी हुनेछन् । काम पाउनेले २१ दिनसम्म ज्यालामा बिहान १० देखि बेलुका ५ बजेसम्म वडा वडामा समूह निर्माण गरेर काम गर्ने नगरपालिकाका रोजगार संयोजक ममता बुढाथोकीले बताउनुभयो । बुढाथोकीका अनुसार रोजगारमा सहभागी महिला तथा पुरुषले समानरुपमा दिनको रु ७०० ज्याला पाउनेछन् । बुढाथोकीले भन्नुभयो, “आगामी दिनमा नगरमा सूचीकृत भएका सबै बेरोजगारलाई रोजगारमा समावेश गराउने योजनामा छौँ ।”

रोजगार कार्यक्रममा सहभागीलाई विकास निर्माणको लागि आवश्यक पर्ने सुरक्षा पोशाक, गैची, बेल्चालगायतका औजार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja