जीप दुर्घटना सबै सवार बेपत्ता



पोखरा

खार्पुनाथ गाउँपालिका–५ वेणुसैन र कैलेबालु भन्ने स्थानमा जाँदै गरेको लु १ ज ७१६६ नंका।े महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खस्दा गाउँपालिका उपाध्यक्ष सिन्धु हमालसहित आठ जना बेपत्ता भएको आशङ्का गरिएको छ ।

याक्चु प्रहरीलाई उद्धृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले आज अपराह्न १ बजे गाडी दुर्घटना भएको बताउनुभयो । दुर्घटना क्षेत्रमा हेलिकप्टर खटिएको जानकारी प्राप्त भएको छ । गाडी दुर्घटना क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खोजीमा परिचालन गरिएको सहायक प्रजिअ पोखरेलले जानकारी दिनुभयो । गाडी कर्णाली नदीले पूरै छोपेकाले कुन ठाउँमा गाडी छ भन्ने थाहा नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

आजै भएको गाडी दुर्घटनामा चन्द्र हमाल, गाडी चालक मणि शाही, वसन्ती शाही, नन्ददेवी सिंह रहेको घटनास्थलमा खटिनुभएका पत्रकार राजन रावतले जानकारी दिनुभयो । कर्णालीमा खसेको गाडीको खोजी भए तापनि नदीको भेल बढी भएका कारण पत्ता लगाउन समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja