विद्यार्थीका लागि शैक्षिक सामग्री वितरण



पोखरा

देवीघाट जाल्पा क्लबले मालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

नुवाकोटको बेल्कोटगढी नगरपालिका–६ स्थित देउरालीमा रहेको सो विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका जेहेन्दार, विद्यार्थीलाई सोमबार झोला, कापी, सिसाकलमगायत सामग्री वितरण गरिएको क्लबका अध्यक्ष दीपेश चित्रकारले बताउनुभयो । चित्रकारका अनुसार अहिले पनि जिल्लाका केही भागमा आर्थिक स्थिति र चेतनाको अभावका कारण बालबालिका घरमा नै बस्ने र विद्यालय जान नमान्ने भेटिएको बताउँदै तिनलाई पढ्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

क्लबका कोषाध्यक्ष नवीन चित्रकारले जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा उनीहरुमा आत्मविश्वास बढ्ने तथा अनुशासित भएर पढ्ने र दैनिक रुपमा विद्यालय उपस्थित हुने आशा रहेको बताउनुभयो ।

विद्यार्थीका लागि पहिले पनि क्लबले विद्यालय पोशाक वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja