देशलाई थिलथिलो बनाएको काङग्रेसले नै हो : नेता रावल



पोखरा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं नेकपा सुदूरपश्चिम इन्चार्ज भीम रावलले देशलाई थिलथिलो बनाउने काम नेपाली काङ्ग्रेसले गरेको बताउनुभएको छ ।

नेकपा अछामको ढकारी गाउँपालिकामा आयोजित आमसभामा नेता रावलले वर्तमान सरकारले देश विकास र समृद्धिका लागि विभिन्न योजना अघि सारे पनि काङ्ग्रेसले बिरोधका लागि बिरोध गरिरहेको आरोप लगाउनुभयो ।

“विगतमा पटकपटक बहुमत प्राप्त गरे पनि काङ्ग्रेसले जनताको मतको अपमान गरेको छ”, उहाँले भन्नुभयो, “काङ्ग्रेस आफ्ना सारा कर्म बिर्सेर नेकपा र सरकारको बिरोधमा मात्रै केन्द्रित भएको छ ।” कम्युनिष्ट सरकारले आफ्नो मूल्य, मान्यता र आदर्शअनुरुप देशको विकास गरिछाड्ने उहाँको भनाइ थियो । व्यक्तिगत लोभ, लालच र क्षणिक स्वार्थमा रही पार्टीलाई आँच आउने कामबाट टाढै रहन उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । “विधि र सुशासनबिना विकासको कल्पना गर्न सकिँदैन”, नेता रावलले भन्नुभयो । देश र जनताका लागि कम्युनिष्ट सरकारले विगतदेखि नै जनमैत्री कार्यक्रम ल्याएको उहाँको भनाइ थियो । वृद्धवृद्धालाई भत्ताको व्यवस्थादेखि दलितका छोराछोरीका लागि छात्रवृत्ति कार्यक्रम, गाउँगाउँमा बजेट पठाउनेलगायत कार्य कम्युनिष्टले नै गरेको नेता रावलले बताउनुभयो ।

बिगतमा गाउँमा बजेट पठाउनु हुँदैन भन्ने काङ्ग्रेसले अहिले गाउँमा आएको बजेट आफैँ खाउँ भन्ने नीति लिएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja