बझाङ जीप दुर्घटनामा चारको मृत्यु



पोखरा

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टागाँउपालिका जाँदै गरेको से. १ ज १०७२ नम्बरको जीप मष्टाको वडा नं १ डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक माहानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाँउमा खसेको र मान्छे समेत जान नसक्ने भएका कारण उद्वार गर्न निकै समस्या भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । तीन जनाको उद्वार गरि सके पनि जीपमा कति व्यक्ति सवार थिए भन्ने केही खुल्न नसकेको उहाँले बताउनुभयो । अहिलेसम्म चार जनाको शव फेला परेको र जीप भिरमा अड्किएको अवस्थामा रहेको बताइएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रम्ुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरिक्षक सुर्यबहादुर केसिसहितको टोली गएको छ । उद्वारका लागि नेपाल प्रहरी, सशत्र प्रहरी र स्थानीय बासिन्दा भिरमा बाटो खनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja