भारतीय गाडीको बढ्दो प्रयोग : ट्राफिक प्रहरीद्वारा जाँचमा कडाइ



पोखरा

सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर पलेटको गाडीको प्रयोग बढेको पाइएको छ ।

भारतीय नम्बरका गाडीको प्रयोगले राजश्व चुहावट भइरहेको छ । राजश्व नतिरी भारतीय गाडी प्रयोग गर्ने चलन बढ्दै गएको जिल्ला भन्सार कार्यालय सिरहाका कर्मचारी बताउँछन् । प्रभावशाली तथा माथि पहुँच भएका व्यक्तिले भारतीय नम्बर प्लेटको गाडी चढ्ने गरेकाले नियन्त्रणमा समस्या आएको प्रहरी अधिकारी बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार भारतीय नम्बरका मोटरसाइकलको रु १०० तथा कार, जिपको दैनिक ४०० राजश्व तिर्नुपर्छ । भारतीय नम्बर प्लेटका गाडी अस्थायी पैठारीअन्तर्गत शुल्क बुझाएर एक वर्षमा ३० दिनसम्म मुलुकभित्र चलाउन सकिने कानूनी प्रावधान रहेको छ । सीमावर्ती बजारसम्म बिहान आएर बेलुकी फर्कंनका लागि शुल्क तिर्न नपर्ने छुट दिइएको छ ।

भारतसँग सीमा जोडिएका ठाउँमा राजश्व नतिरी वर्षौंसम्म भारतीय नम्बरका गाडी प्रयोग हुने गरेको छ । राजनीतिक दलका स्थानीय नेता, तस्कर तथा व्यापारीले यस्ता गाडीको बढी प्रयोग गर्ने गरेका छन् । वास्तविक मूल्यको करीब एक चौथाइ मूल्यमात्र पर्ने भएकाले भारतीय सीमासँग जोडिएका गाँउमा अधिकांशको रोजाइमा भारतीय नम्बर प्लेटका गाडी पर्ने गरेका छन् । पछिल्लो केही समययता जिल्ला ट्राफिक कार्यालय सिरहा लहान मातहतका ट्राफिक प्रहरी चेक पोष्टले भारतीय नम्बर प्लेटका गाडीलाई जाँचको कार्यलाई तीव्रता दिएका छन् ।

RSS

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja