लोकसेवा आयोगको एक मिनेटमा सयको आवेदन



पोखरा

लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए पनि अहिले फाराम भर्ने समय सकिन लाग्दा भने सङ्ख्यामा वृद्धि भएको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको सङख्यामा वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार अहिले प्रतिमिनेट सय जनाले फाराम भरिरहेका छन् । एकै पटक धेरै सङ्ख्याले फाराम भर्दा आयोगको सर्भरमा चाप देखिएको छ । “पहिले समितिको रद्द गर्ने निर्देशनपछि परीक्षा हुने हो वा होइन भनेर परीक्षार्थीले फाराम भरेका थिएनन्” उहाँले भन्नुभयो, “अहिले तीन दिनदेखि आयोगको सर्भरमा चाप देखिएको छ ।”

एकै पटकमा धेरै जनाले फाराम भर्दा सर्भरमा पनि बेलाबेलामा प्राविधिक समस्या आउने गरेको छ । आयोगले विगत तीन वर्षदेखि अनलाइन फाराम शुरु गरेको हो । मङ्गबार राति १२ बजेसम्म एकल दस्तुर र असार १० गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न सकिने छ । आयोगले ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको छ ।

उपसचिव सुवेदीका अनुसार आयोगले अपेक्षा गरेअनुसार परीक्षार्थीले फाराम नभरेको बताउनुभयो । “आयोगले यतिधेरै सङ्ख्यामा आवेदन माग गर्दा करीब तीन लाख बढीले भर्ने अपेक्षा गरेका थियौँ’’ उहाँले भन्नुभयो, ‘‘अहिलेको सङ्ख्या हेर्दा त्यो नपुग्ने देखिन्छ । अझै केही दिन फाराम भर्ने समयमा भएकोले सङ्ख्यामा वृद्धि भने हुन्छ ।” उहाँका अनुसार अहिलेसम्म एक लाख ६२ हजार ३३३ आवेदन फाराम भरेकामा महिलातर्फ ३९ हजार ६४६, जनजाति १८ हजार ५१, मधेशी १० हजार १४, दलित एक हजार २३०, अपाङ्ग ७३ र पिछडिएको ५० जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja