जनता तातेपछि कसैलाई छाड्दैनन्ः सहमहामन्त्री महत



पोखरा

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले काठमाडौंका जनता जागेपछि कसैलाई नछाड्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौ महानगरपालिकाद्वारा गुठी विधेयकविरुद्ध इन्द्रचोकमा आयोजित सभालाई सम्बोधन गर्दै नेता महतले विधेयक फिर्ता लिनुपर्ने बताएका छन् ।कार्यक्रममा पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य ध्यान गोविन्द, सांसद राजन केसी, नविनराज जोशी, भिमसेनदास प्रधान लगायत नेताको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै नेता महतले जुन खालले सरकारले गुठी विधेयक ल्याएको छ, त्यसलाई कांग्रेसले नमान्ने बताए । ‘ओलीको सरकार कुरा गर्ने सरकार हो, काम गर्दैन । तर एउटा काम गर्छ, जनताको अधिकार निषेध गर्छ, प्रेसमाथि दमन गर्छ, अभिव्यक्ति स्वतन्त्रतामाथि दमन गर्छ, व्यक्तिको सम्पत्तिको अधिकारमाथि दमन गर्छ । धर्म संस्कृति नास्ने काम गर्छ ।’सरकारले गुठीमाथि आक्रमण गरेर गुठीको जग्गा कब्जा गरी आसेपासेको पृष्ठपोषण गर्ने गरी विधेयक ल्याएको उनले बताए ।

‘नेपालको सभ्यता नेवारी सम्यता विना अपुरो छ, हामीले नेवार सभ्यतालाई संसारभरि देखाउँछौं । नेपालको पहिचानको अग्रणी भाग नेवारी सभ्यताले ओगटेको छ,’ उनले भने, ‘अहिलेको सरकारले त्यो सभ्यतालाई समाप्त गर्दैछ ।’विभिन्न धर्म परम्परालाई सरकारले निमिट्यान्न पार्ने कोसिस गर्न खोजेकाले यो प्रयासलाई कांग्रेसले स्वीकार गर्न नसक्ने उनले बताए ।

‘काठमाडौं बाहिरका गुठीको किसानसँग जोडिएको विषय छ, काठमाडौंको फरक छ । बाहिरको उचित समाधान खोज्नुपर्छ तर यहाँको संस्कृति मास्न पाइँदैन,’ उनले भने, ‘जबसम्म सरकारले गुठी विधेयक फिर्ता लिँदैन, सदनमा पनि सशक्त आवाज उठाउँछौं, सडकमा आन्दोलन रहन्छ ।’

सरकार हरेक दृष्टिकोणले असफल भइसकेको बताउँदै उनले जे मनलाग्यो त्यही गर्ने लाइसेन्स प्राप्त भयो भन्ने मानसिकता हटाउन आग्रह गरे । ‘मनपरी गर्ने अनोकांक्षा कुनै पनि हालतमा पूरा हुन दिँदैनौं । काठमाडौंका जनता तात्दै तात्दैनन्, तातेपछि कसैलाई छाड्दैनन् । काठमाडौंका जनता जागेपछि राजतन्त्र समाप्त भएको यो सरकारले नभुलोस्,’ उनले भने, ‘सारा हामीले भनेकै कुरा लागू हुन्छ भन्ने मानसिकता सरकारले हटाए हुन्छ । जनतासँग निहुँ खोजे यो सरकारले कार्यकाल पूरा गर्ने अवसर पनि पाउँदैन ।’

जनविरोधी र संविधान विरोधी काम तत्काल फिर्ता गर्न उनले माग गरे । ‘धर्मसंस्कृतिलाई राज्यले संरक्षण गर्नुपर्छ भन्ने कुरा हामीले जोडदार आवाज उठाएपछि संविधानमा लेखिएको हो, कम्युनिस्टहरू यसलाई संविधानमा लेख्ने पक्षमा थिएनन्,’ उनले भने, ‘सरकारले होलीवाइन प्रकरण सञ्चालन गर्यो, त्यसबाट प्रष्ट भइसकेको छ कि सरकार धर्म संस्कृतिमाथि आक्रमण गर्ने प्रपञ्चको हिस्सेदार भइरहेको छ । नेपालको पहिचान, नेपालको अस्मिता समाप्त पार्ने अभियानमा यो सरकार लागेको छ । त्यसलाई हामी कदापी स्वीकार गर्दैनौं, सडक र सदनबाट विधेयक फिर्ता गराएरै छाड्छौं ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja