नेकाकी क्रियाशिल सदस्य धनकुमारीको निधन



पोखरा

नेपाली काँग्रेसकी क्रियाशिल सदस्य धनकुमारी केसीको शनिवार निधन भएको छ ।

साविक हेमजा गाविस वडा नं। ८ हाल पोखरा महानगर पालिका वडा नं. २५ निवासी केसीको ८६ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय केसीका निरज केसी र दीपक केसी गरि दुई छोरा, दुई नाती र दुई नातिनी रहेका छन्। प्रजातान्त्रिक आन्दोलनका क्रममा निरन्तर १४ वर्ष कठोर जेल जिवन विताएका लोकतन्त्रका योद्वा नेपाली कांग्रेसका अग्रणी स्वर्गीय कृष्णबहादुर केसीकी धर्म पत्नी रहेकी धन कुमारी स्वयं पनि नेपाली कांग्रेसले संचालन गरेको हरेक आन्दोलनमा क्रियाशिल रहने व्यक्तिको रुपमा चिनिन्छिन्।

‘विवाहअघि नै किशोरी अवस्थामामा कृष्णबहादुर केसीलाई हर तवरले सहयोग गर्नुहुन्थ्यो’ काँग्रेसका नेताहरु सम्झिन्छन्,‘ जेल बाट छुटेपछि कृष्णबहादुर केसी सग धनकुमारीले विवाह गर्नुभएको हो। उहाँको क्रियाशिलता हेर्दा ठूलै पोष्टमा पुग्ने व्यक्ति हुनुहुन्थ्यो तर कुनै लोभ लाभमा नपरी सधै प्रजातन्त्रको आन्दोलनमा होमिरहनुभयो।’

स्वर्गीय धनकुमारीको आईतवार दाहासस्कार गरिएको छ । उनको पार्थिक शरिरमा नेपालीका काँग्रेस कास्कीका सभापति कृष्ण केसी, पूर्व सभामुख तारानाथ रानाभाट, प्रदेश सभा सदस्य कुमार खड्का, नेपाली काँग्रेसका पूर्व सभापति सोभियतबहादुर अधिकारी, महासमिति सदस्य रामचन्द्र त्रिपाठी, कास्कीका उपसभापति आईबहादुर गुरुङ नेपाली काँग्रेस पोखरा २५ हेमजाका सभापति मधुसुदन त्रिपाठीलागयतले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।यसैवीच नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, क्षेत्र नं। ३ का सभापति पोषनाथ शर्मा र पोखरा २५ हेमजाका सभापति मधुसुदन त्रिपाठीले छुट्टा छुट्टै विज्ञप्ति प्रकाशित गरी धनकुमारीको निधन प्रति दुःख व्यक्त गरेका छन् ।

विज्ञप्तिमा धनकुमारीको निधनले पार्टीलाई ठूलो क्षती पुगेको वताउँदै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदाना प्रकट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja