संस्कृत शिक्षाको उत्थानमा जोड



पोखरा

नेपाल र भारतका संस्कृत विश्वविद्यालयले पूर्वीय दर्शन एवं संस्कृत शिक्षाको उत्थानमा संयुक्तरुपमा काम गर्ने भएका छन् ।

भारतको संपूर्णानन्द संस्कृत विश्वविद्यालय र काशी हिन्दू विश्वविद्यालयका प्राध्यापकसहितको आठ सदस्यीय समूहलाई शुक्रबार नेपाल संस्कृत विश्वविद्यालयले वाल्मीकि विद्यापीठमा स्वागतपछि भएको छलफलका क्रममा यस्तो सहमति भएको हो । संस्कृतको प्रचारप्रसारका लागि प्रा डा हरिप्रसाद अधिकारीको नेतृत्वमा नेपाल आएको समूहलाई नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रको तर्फबाट निर्देशक डा काशीनाथ न्यौपाने र वाल्मीकि विद्यापीठका प्राचार्य डा गणेशप्रसाद घिमिरेले स्वागत गर्नुभएको थियो । यसअघि स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा गत फागुनमा भएको संस्कृत सम्मेलनमा संस्कृत भाषा र पूर्वीय दर्शनका उत्थानका लागि दुवै देशका विश्वविद्यालय एवं प्राध्यापकबीच अनुभव आदानप्रदान गर्ने घोषणा पत्र जारी भएको थियो ।

छलफलका क्रममा नेपालबाट पनि प्राध्यापकहरु संस्कृतको प्रचारप्रसार एवं अध्ययन अनुसन्धानका लागि समूह जाने सहमति भएको विद्यापीठका उपप्राध्यापक डा प्रेमराज न्यौपानेले जानकारी दिनुभयो ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja