गुठी विधेयकको पक्षमा पनि आन्दोलन



पोखरा

सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ जस्ताको त्यस्तै पास गर्न भन्दै घोराहीमा आन्दोलन भएको छ ।

सरकारले भूमिहीन, किसान, सुकुम्बासी र गुठीपीडितका पक्षमा विधेयक ल्याएको भन्दै यहाँको स्वर्गद्वारी गुठीपीडित संघर्ष समिति र जिल्ला भूमि अधिकार मञ्चले संयुक्तरुपमा दबाबमूलक ¥याली एवं सभा गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ५ का सचेतक शान्ता चौधरीले भूमिहीन, सुकुम्बासी, श्रम गर्ने किसानका पक्षमा विधेयक ल्याएको प्रष्ट पार्नुभयो । उहाँले सरकारले चालेको कदमलाई वर्षांैदेखि बासका लागि संघर्ष गरिरहेका किसानलाई साथ दिनको लागि आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गा चौधरीले खेतबारी जोतेर खुट्टामा ठेला उठाएकाको पेटमा लात हान्ने काम गर्न नहुने बताउनुभयो । विरोधसभामा जिल्लाका स्वर्गद्वारी, चौघेरा गुठी एवं विभिन्न विद्यालय, क्याम्पसका सरकारी जग्गा भोगचलन गर्दै आइरहेको किसान एवं भूमिहीन सुकुम्बासी सहभागी भएका थिए । उनीहरुले किसानका पक्षमा आएको विधेयकको विरोध गर्ने, पास हुन नदिएर बाधा अड्चनको काम गरिरहेको भन्दै चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja